
धादिङमा आईतबार थप ३ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का १९ बर्षका पुरुष, सिद्धलेक गाउपालिका वडा नम्बर १ का ७८ बर्षका पुरुष र बेनिघाट रोराङ गाउपालिका वडा नम्बर १ का ६२ बर्षका महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ६ सय १८ पुगेको छ । कन्ट्याक्ट टे«सिङको आधारमा नीलकण्ठ नगरपालिकाका २ सय १५ जना, रुवीभ्याली गाउपालिकाका १८ जना, गजुरी गाउपालिका र थाक्रे गाउपालिकाका १४/१४ जना गरी जम्मा २ सय ६१ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि आईतबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।