२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राजनीतिक दलले हिंसालाई लुकाउन दबाब दिने गरेको मझिमटारका महिलाहरुको भनाई

राजनीतिक दलले हिंसालाई लुकाउन दबाब दिने गरेको मझिमटारका महिलाहरुको भनाई
सेयर गर्नुहोस्
०सेयर

धादिङको बेनिघाटरोराङ गाउपालिकाको वडा नम्वर ९ मझिमटारमा महिलाहरुसँग लैङ्गिक हिंसाको अवस्था र चुनौती विषयमा छलफल गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विहिबार मझिमटारका स्थानीय महिलाहरुसँगै छलफल गरिएको हो । सहयात्री समाज नेपाल र महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङले आयोजना गरेको कार्यक्रममा जिल्लामा लैङ्गिक हिंसाको वर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो ।

बालविवाह, बहुविवाह, घरेलु हिंसा र यौनजन्य हिंसाको बारेमा अधिवक्ता राधिका सापकोटाले जानकारी गराउनुभएको थियो । यस्तै महिला मानवअधिकारकर्मी गायत्री खतिवडाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बारेमा जानकारी दिदै गाउसमाजमा हुने हिंसाका घटनालाई लुकाउन नहुने र हिंसा पीडितको लागि सहयोगी व्यवस्थाहरु भएकोले न्यायको लागि आवाज उठाउन जरुरी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरुले हिंसा भएपनि उजुरी गर्ने वातावरण नभएको, गाउ समाज र राजनीतिक दलले हिंसालाई लुकाउन दबाब दिने गरेको बताएका थिए । कार्यक्रममा स्थानीय महिला मानवअधिकार रक्षकहरु, आमा समूहमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
डोल्मा मम्बा लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।