
विश्वव्यापि माहामारी कोभिड–१९ को प्रमुख केन्द्र बनेको धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा केही समय रोकिएको शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न कारणले विचैमा विद्यालय छाडेका र छाड्ने सम्भावना भएका धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको ३ ओटा विद्यालयहरु सल्यानटार मा.वि, जनज्योति आ.वि र रानिपौवा मा.विका २ सय २० जना अति विपन्न छात्र/छात्राहरुलाई व्याक टु स्कुल किट सामग्री वितरण गरिएको छ ।

डिएफ आईडि को आर्थिक सहयोग तथा भि.एस.ओ नेपाल सँगको साझेदारीमा आसमान नेपाल द्धारा संचालित बहिनीशिक्षाका लागी दिदीकार्यक्रम भाग २ अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीवितरण गरिएको हो । नेपाल सरकारले तयार पारेको विभिन्न स्वअध्ययन सामग्रीहरुलाई पुनप्रकाशन गरि कक्षा ७ र ८ का छात्र/छात्राहरुलाई क्रमश: १ सय १९ र १ सय ४४ थान वितरण गरिएको आसमान नेपालका धादिङका जिल्ला संयोजक सुनिल केसीले जानकारी दिनुभयो ।
त्यसैगरी लामो समय देखि शैक्षिक क्षेत्रमा परेको प्रभावलाई कमगर्न तथा बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकास गर्नका लागि गान्धीको जिवनी, द्धन्द्धको कथा, निवन्धका पुस्तकहरु, र अग्रेँजी व्याकरण गरी ८५ थान वितरण गरिएको केसीले जानकारी दिनुभयो ।

आसमान नेपाल र व्रिटिस काउन्सिलद्धारा संचालित इडिजिइ (EDGE) समुहका सदस्यहरुलाई समेत ९८ थान स्वअध्ययन सामग्रीहरु वितरण गरिएको छ । कोभिड १९ लगाएत अन्य कारणले बालबालिकाहरुले विचैमा विद्यालय छाड्नु नपरोस र यी सामग्रीहरुले सहायता पुग्ने अपेक्षा सहित सामग्री वितरण गरिएको आसमान धादिङका समुदायिक नेतृत्व विकास संयोजक रचना बस्नेतले जानकारी दिनुभयोे ।

स्वअध्ययन लगाएतका अन्य शैक्षिक सामग्रीपाएसगैँ आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाई विचैमा विद्यालय छाड्नुपर्ने बाध्यता समेत टरेको तथा विद्यालयका विद्यार्थीहरु पुनः लकडाउन भएपनि घरमै बसी स्वअध्यन गर्न सकिने र शिक्षकहरुले फोन मर्फत गृहकार्य प्रदान गरी शिक्षालाई निरन्तरता दिन सहज भएको कुरा शिक्षक तालिम संयोजक सावित्री बरालले बताउनुभयो ।
