
धादिङमा विहिबार १ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का ५४ बर्षीया महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । ब्रेन ट्युमरको समस्या रहेको र उपचारको क्रममा अन्नपुर्ण न्युरो अस्पताल काठमाडौमा महिलाको मृत्यु भएको हो ।
धादिङमा विहिबार थप ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि
धादिङमा विहिबार थप ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका २ जना, बेनिघाट रोराङ गाउपालिका र थाक्रे गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का २७ बर्षीय पुरुष, सोहि वडा नम्बरका काठमाडौमा मृत्यु भएका ५४ बर्षीया महिला, बेनिघाट रोराङ गाउपालिकाका ३८ बर्षीय पुरुष र थाक्रे गाउपालिका वडा नम्बर १ का ५५ बर्षीय पुरुष रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ३ सय ८० पुगेको छ ।