
धादिङको थांँक्रे गाउपालिकाका विभिन्न वडाहरुमा बालबालिकाको जोखिम न्यूनीकरण गर्न सचेतीकरण अभियान सञ्चालन गरिएको छ । समाजमा विद्यामान बालबिबाह, बालश्रम लगायतका बालबालिकाको जोखिम न्युनिकरण गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको हो ।
थांँक्रे गाउँपालिका वडा नम्बर २, ४, ५, ६ र ११ मा सचेतना अभियानमा जोखिममा रहेका बालबालिकाको सुरक्षा परियोजनाका ९ जना सहजकर्ता र थाके युवा परिषदका युवा स्वयमसेवक ४० सहित ४९ जनाको सहभागिता रहेको थियो । सिड्स नेपाल धादिङ र युएमएन धादिङको साझेदारीमा संचालित जोखिममा रहेका बालबालिकाको सुरक्षा (SVC) परियोजना अन्तर्गत मंसिर १२ र १३ गते कार्यक्रम सञ्चालन गरिएको हो ।

जोखिममा रहेका बालबालिकाको सुरक्षा परियोजना कार्यन्वयन भएका वडा न. २, ४, ५, ६ र ११ मा बालबिबाह, बालश्रम लगायत बालबालिकाको जोखिमन्यूनीकरण गर्न सचेतीकरण अभियान संचालन गरिएको सहकर्मी दिलबहादुर रम्तेलले जानकारी दिनुभयो । अभियान अन्तर्गत वडा न २ मा ८ सय जना, वडा न ४ मा ५ सय ४ जनालाई वालबालिकाको जोखिम न्यूनीकरण गर्न सचेत गराइएको छ ।
त्यसैगरि वडा न ५ मा ३ सय ४० जना, वडा न ६ मा ५ सय र वडा न ११ मा ५ सय ५० जनालाइ सचेत गराइएको छ । अभियान पश्चात विद्यामान बालविवाह, बालश्रम लगाएतका बालबालिकाका जोखिम न्युनिकरण गर्न सहयोग पुग्ने अपक्षा राखिएको छ ।












