२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

खनियावास गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा विकास निर्माणको प्रभावकारीताका विषयमा सार्वजनिक सुनुवाई

खनियावास गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा विकास निर्माणको प्रभावकारीताका विषयमा सार्वजनिक सुनुवाई
सेयर गर्नुहोस्
०सेयर

धादिङको खनियावास गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा विकास निर्माणको प्रभावकारीताका विषयमा सार्वजनिक सुनुवाई गरिएको छ । खनियावास गाउँपालिकाको आयोजना तथा विहानी परियोजना धादिङको समन्वयमा गाउँपालिकाको कार्यलयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएका हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको थियो । सेवा ग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुको गुनासो वा जिज्ञासाको बारेमा प्रश्नोत्तर, आगामी दिनमा सेवा सुधारका लागि मार्ग निर्देशन, नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिलाउने लगायतका विषयमा छलफल गरिएको थियो ।

गोगो फाउण्डेशनका कार्यकारी निर्देशक केदार खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा उठेका प्रश्नको खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, उपप्रमुख योमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपाली र सम्बन्धीत वडाका वडा अध्यक्षहरुले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका ३ ओटा बुदाँगद विषयमा गाउँपालिकाका जनप्रतिनिधिले सामुहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

खनियास गाउँपालिकाको कार्यलयमा एक महिना भित्र ट्याङकी र धारा सहितको शौचालय निर्माण गर्ने, यहि मंसिर २५ र २७ गते आपाङ्गता परिचय पत्र वितरण गर्न शिविर संञ्चालन गर्ने तथा यातायात समितिसँग समन्वय गरी पौषको पहिलो हप्ता भित्र यातायात छुटको लागि आवश्यक समन्वयात्मक पहल गरिने, एक विद्यालय एक नर्श कार्यक्रमबाट विद्यालयका लागि खरिद गरिएका सामाग्रीहरु गाउँपालिका स्टोरमा रहेको हुँदा ४ दिन भित्र सम्बन्धीत विद्यालयमा पठाउने साथै नर्शको परिचालनमा देखिएको समस्या मंसिर मसान्तभित्र समाधान गर्ने विषयमा प्रतिवद्धता व्यक्त गरेका हुन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।