धादिङ जिल्ला सहकारी संघ लिमिटेडको २० औँ बार्षिक साधारण सभा तथा अधिवशन शनिबार सम्पन्न भएको छ ।

साधारण सभाले १५ जना सदस्य रहने गरी संघको अध्यक्षमा रामचन्द्र आचार्य निर्विरोध चयन हुनुभएको छ । यस्तै समितिको निवर्तमान अध्यक्षमा नेत्रराज पौडेल, वरिष्ठ उपाध्यक्षमा गंगा विसुराल, महिला उपाध्यक्षमा भवानी बर्मा तिमिल्सीना, सचिवमा युवराज थपलीया र कोषाध्यक्षमा कमलराज कडेल निर्विरोध चयन भएका छन् ।

त्यसैगरी परशुराम सुवेदीको संयोजकत्वमा रेशमलाल श्रेष्ठ र कृष्ण बहादुर पोखरेल सदस्य रहने गरी लेखा सुपरिवेरक्षण समिति पनि गठन गरेको छ ।

Facebook Comments