२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्ला कृषि विकास कार्यलय धादिङद्धारा गहुँको विऊ वितरण,

जिल्ला कृषि विकास कार्यलय धादिङद्धारा गहुँको विऊ वितरण,
सेयर गर्नुहोस्
०सेयर

मंसिर ५, धादिङ ।
जिल्ला कृषि विकास कार्यलय धादिङले किसानहरुलाई आत्मनिर्भर बनाउन गहुको विऊ वितरण गर्न थालेको छ । धान काटिसकेपछि गहुँ खेतीको सुरुवात हुने भएकाले गहुँको वितरण सुरु गरिएको हो ।

किसानका लागि ५० प्रतिशत अनुदानमा ७ हजार ५ सय गहुको विऊ वितरण गर्न थालेको जिल्ला कृषि विकास कार्यलय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले जानकारी दिनुभयो । धादिङ जिल्लामा ४ हजार ७ सय ४८ हेक्टरमा गहुको खेती हुने गरेतापनि अहिले भने घट्दै गएको पनि उहाँले बताउनु भयो ।

गहुँ खेती निर्भाहमुखी खेति भएकाले र किसानहरुले यस खेतीलाई व्यावसायिक खेतिको रुपमा नहेरेकाले गहुँ खेती गर्ने किसानहरुको संङख्या घट्दै गएको उहाँले बताउनु भयो । त्यसैगरी, अहिले किसानहरुले बढि मात्रामा तरकारी खेति गर्ने हुनाले पनि गहुँको खेती कम हुने गरेको उहाँले बताउनु भयो ।

धादिङको त्रिपूरेश्वरमा गहुँका लागि पानिको धेरै सुविधा भएकाले त्यहाँका किसानहरुले बढि मात्रामा गहुँ खेति गरेतापनि अन्य ठाउँमा भने कमै मात्र गहुँको खेती हुने गरेको उहाँले बताउनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।