धादिङको खनियाबास गाउपालिका वडा नम्बर ४ दार्खामा निर्मित ग्रामिण अस्पतालको सोमबार उद्धघाटन गरीएको छ ।
कोभिड-१९ नियन्त्रणका लागि खनियाबास गाउपालिकाले दार्खा स्वास्थ्य चौकीलाई स्तर उन्नती गरी ५ शैयाको ग्रामिण अस्पतालको रुपमा विस्तार गरेको गाउपालिकाका प्रशासन सहायक लिलामान तामाङले जानकारी दिनुभयो ।
गाउपालिकाकाले नागरिकलाई गाउमै अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ डाक्टरसहित सेवा दिन लागेको हो । यस्तै खनियाबास गाउपालिकाले अब ग्रामीण अस्पतलबाट ओपिडि सेवा, भिडियो एक्सरे, ल्याप सेवा लगायतका सेवा दिने गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङले जानकारी दिनुभयो । अस्पतालको सोमबार भुतपूर्व कानुन न्याय तथा संघीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले उद्घाटन गर्नुभएको हो ।