
नेकपा पार्टी कुनै पनि हालत विभाजन नहुने प्रदेस सभा सांसद डा.रामकुमार अधिकारीले बताउनुभएको छ । ′पार्टी विभाजन हुँदैन लेखेर राख्नुस्‘, सांसद अधिकारलिे भन्नुभयो जिवित वस्तुमा पार्टीमा कहिले काँही केहि अन्तरविरोध हुन्छ तर पार्टी विभाजन नहुने कुरामा ढुक्क हुनुस् । धादिङबेशीस्थित सिरानबजारमा शनिबार सम्पर्क कार्यालय उद्घाटन गर्नुहुँदै सांसद अधिकारीले यस्तो बताउनु भएको हो ।
एकिकृत पार्टी विभाजन भएकोे ईतिहाँसको उदाहरण दिनुहुँदै उहाँले सानो शक्तीले एकिकरण नभएका कारण पार्टीका अन्तरविरोधलाई सामान्य रुपमा लिन आग्रह समेत गर्नुभयो । सरकार संञ्चालनको पछिल्लो गतिविधिहरुलाई केहि व्यक्तीहरुले तथ्यहिन कुरालाई ल्याएर हल्ला फिँजाएको सांसद अधिकारीको भनाई थियो ।
संसारको जुनसुकै संगठन, प्रणाली पनि विधिमा रहेर संञ्चालन हुनेभएकाले हल्लाको पछि नलाग्न र विधिको शासनमा रहेर विश्लेषण गर्नुपर्ने बताउनुभयो । वादविवाद, संवाद र छलफलको प्रक्रियाबाट नै निष्कर्ष निस्कने भएकाले महाधिवेशन छिटै हुने र महाधिवेशनले सबै कुराको टुङ्गो लगाउने बताउनुभयो । माक्सवाद्ले विधिको पद्धतीलाई सिकाएका कारण विधि पद्धतीलाई विश्वास नगर्ने हो भने कुनैपनि संगठन प्रणाली चल्न नसक्ने बताउनुभयो ।
जनताको समस्या, गुनासोलाई प्रत्यक्ष सुन्नको लागि सम्पर्क कार्यलयको उद्घाटन गरिएको हो । पुछारबजारमा रहेको सम्पर्क कार्यलय अपायक परेका कारण नेकपा निलकण्ठ नगर कमिटि वडा नम्बर ३ को ४ नम्बर टोल कमिटिको समन्वयमा कार्यलयको उद्घाटन गरिएको हो ।
टोल कमिटिका गतिविधि, प्रदेश सभाको गतिविधि, प्रदेश सभाका विभिन्न निति नियम, भावी योजना लगायतका कार्यक्रमहरुको बारेमा जानकारी लिन र दिने उद्देश्यले कार्यलयको उद्घाटन गरिएको बताउनुभयो ।
उद्घाटन समारोहमा नेकपा बागमती प्रदेश कमिटि सदस्य एवं निलकण्ठ गरपालिकाका उपप्रमुख मनराज भण्डारी, निलकण्ठ नगर कमिटिका अध्यक्ष दिपक विश्वकर्मा, नगर कमिटिका सदस्यहरु लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।