२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अन्तर्राष्ट्रिय स्वंसेवक दिवस धादिङमा पनि मनाईयो

अन्तर्राष्ट्रिय स्वंसेवक दिवस धादिङमा पनि मनाईयो
सेयर गर्नुहोस्
०सेयर

आज डिसेम्वर ५ तारिख अर्थात् अन्तर्राष्ट्रिय स्वंसेवक दिवस धादिङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ । अन्तर्राष्ट्रिय स्वंसेवक दिवसको अवसरमा धादिङ अस्पतालमा भर्ना भइ उपचार गराइरहेका १२ जना बिरामीहरुलाई बाफ लिने मेसिन वितरण गरिएको छ ।

धादिङ सोसियल भोलेन्टियर नेपाल र संयुक्त एम्बुलेन्स चालक समाज धादिङले बिरामीहरुलाई बाफ लिने मेसिन उपलब्ध गराएको हो । जाडोमा रुघाखोकी, श्वासप्रश्वासको समस्या भएकाहरुलाई राहत मिलोस् भनेर मेसिन सहयोग गरेको धादिङ सोसियल भोलेन्टियर नेपालका नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै स्वयम सेवक दिनशको अवसरमा शनिबार धादिङ कारागारका कैदिवन्दीलाई लक्षित गरि २ ओटा बेड हस्तान्तरण गरिएको छ । विरामी कैदीबन्दीलाई आरम गर्नको लागि ३० हजार मुल्य बराबरको बेड हस्तान्तरण गरिएको हो ।

सेरेना फर्म सेप्टिकल प्रा.लि चन्द्रागिरि नगरपालिका ३ को सहयोगमा उपलब्ध भएको बेड धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर त्रिभुवन चन्द्र झा, सोशियल भोलिन्टएरका पदाधिकारी लगायतले धादिङ कारागारका प्रमुख गंगालाल योगीलाई संयुक्त रुपमा हस्तान्तरण गरेकोे हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।