धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मुरली भञ्ज्याङमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् ।

शनिबार दिउँसो ३ः३० बजेको समयमा धादिङबेशिबाट सल्यानटार जादै गरेको बा ४२ प ६२६३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउदै गरेको बा ६३ प ८६९५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङ डिएसपि जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी बा ४२ प ६२६३ नम्बरको मोटरसाइकल चालक ज्वालामुखी गाउपालिका वडा नम्बर ६ का अन्दाजी ३५ बर्षका बसन्त शाक्यलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि काठमाडौ पठाइएको छ भने बा ६३ प ८६९५ नम्बरको मोटरसाइकल चालक नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का अन्दाजी ३६ बर्षका विजय तामाङको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

घटनाको थपअनुसन्धान भइरहेको पनि डिएसपि जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments