२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पैदल यात्रुलाई बाटो काटन सहयोग गर्दै ट्राफिक प्रहरी

पैदल यात्रुलाई बाटो काटन सहयोग गर्दै ट्राफिक प्रहरी
सेयर गर्नुहोस्
०सेयर

नेपाल प्रहरीको काम शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न हो, ट्राफिक प्रहरीको सवारी आवागमन सहज बनाउनु हो । सवारीको उच्च चाप रहेका राजमार्गहरुमा ट्राफिक प्रहरीको ड्यूटी भ्याइ नभ्याइ छ । तर पनि धादिङमा प्रहरीहरुले सवारी साधन मात्र नभएर यात्रुहरुलाई पनि बाटो काट्न सहयोग गर्न थालेका छन् ।

बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका, दृष्टिविहिन जस्ता अपाङ्गताहरुलाई बाटो काटन मद्दत गर्न थालेका हुन् । यात्रुलाई सहज बनाउन र राजमार्गमा हुने दुर्घटना न्यूनिकरणका लागि केहि नेपाल प्रहरीले यो कामको शुरु गरेका हुन् ।

ट्राफिक प्रहरी कार्यालय गजुरीमा कार्यरत हबल्दार सुधिर गिरी दृष्टिविहीन नारायण सिंग्देल र बालिकालाई पृथ्वीराजमार्गमा बाटो कटाउँदै गरेको अवस्थामा भेटिए । पृथ्वीराजमार्गमा चल्ने सवारी साधनको चेकिङ र सवारी आवागमन सहज बनाउन खटिने गिरी हरेक दिन बिहान र बेलुकाको समयमा पैदल यात्रुलाई बाटो काटन मद्दत गर्दै आएकोबताउनुभयो । ट्राफिक नियमको पालना सुरक्षाका लागि हो । उहाँले भन्नुभयो – बाटो काट्ने क्रममा धेरैको ज्यान गइसकेको छ । सवारी साधनको चाप, उस्तै तिव्र गतिले मानिसको ज्यानको क्षति भइरहेको छ । अब कसैले ज्यान गुमाउन नपरोस् भनेर यो अभियान चलाएको उहाँले बताउनुभयो ।

पैदल यात्रुलाई बाटो काटन सहयोग गर्ने गिरी मात्र होइनन् । धादिङमा धेरै प्रहरीहरुले यात्रुलाई बाटो काट्न सहयोग गरिरहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी हवलदार उमेश पण्डितको जिम्मेवारी शान्ति सुरक्षा र अमनचयनका लागि खट्नुभएको हो । तर आफ्नो ड्यूटी बाहेकका समय र फुर्सदका समयमा राजमार्गमा यात्रा गरिरहेकाहरुलाई बाटो काट्न सहयोग गर्दैमा वित्छ । थोरै समयले कसैको ज्यान सुरक्षामा सहयोग पुग्छ भने किन नगर्ने मुस्कुराउदै भन्नुभयो ।

ग्रामिण क्षेत्रमा गुणस्तरहिन सडक सञ्जाल, धादिङमा रहेको दुइ ठूला राजमार्गहरुमा सवारी साधनको उस्तै चाप र तिव्र गति । आम नागरिक तथा चालकलाई सचेतना दिनका लागि पनि उनीहरुको यो काम उदाहरणीय बन्दै गएको छ । नेपाल प्रहरीले सुरु गरेको अभियानमा स्थानीयले पनि साथ दिन आवश्यक रहेको स्थानीय शिक्षक रोशन न्यौपानेले बताए । ट्राफिक नियमको पालना गर्ने हो भने संभावित दुर्घटनाबाट बच्न सकिने उहाँको भनाई छ । पैदल यात्रुलाई बाटो काटन मद्दत गर्ने गजुरी स्थित ट्राफिक प्रहरीको काम तारिफ योग्य छ । गजुरीमा कार्यरत प्रहरीले जस्तै अन्य स्थानका प्रहरीले यस्ता उदाहरणीय काम गर्न सके प्रहरी मेरो साथी नाराले सार्थकता पाउने देखिन्छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।