अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देशियकप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाले मंगलबार विज्ञप्ति मार्फत उपाधि विजेता टोलीका सदस्यलाई जनही १-१ लाख पुरस्कार दिने जानकारी गराएको हो ।

दशरथ रंगशालामा हिजो भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

Facebook Comments