केहिदिन देखीे बढिरहेको वायू प्रदुषणका कारण धादिङ अस्पतालमा विरामीको संख्यामा वृद्धि भएको छ ।
अस्पतालमा विगतका दिनहरुमा अहिले विरामीको संख्यामा वृद्धि भएको धादिङ अस्पतालले जनाएको छ । विरामीहरुमा भाईरल ज्वरो, टाउँको दुख्ने, रुघाखोकी, दम बढेको जस्ता समस्याहरु लिएर आउने गरेको धादिङ अस्पतालका मेडिकल अधिकृत डा.सरोज सिटौलाले जानकारी दिनुभयो ।
वायू प्रदुषणले स्वास्थ्यमा गम्भीर प्रकृतिका समस्या निम्त्याउन सक्ने भएकाले सके सम्म घरबाट बाहिर ननिस्कने, निस्कनै परे शरिर पुरै ढाकेर कपडा लगाउने, चस्मा र मास्कको अनिवार्य प्रयोग गर्न डा.सिटौलाको सुझाव रहेको छ ।
यस्तौ जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा पनि आँखाका समस्याहरु लिएर विरामीहरु आउने गरेको आँखा केन्द्र धादिङले जनाएको छ ।
विरामीहरु आँखा पोल्ने, चिलाउने रातो हुने लगायतका समस्या लिएर आँखा केन्द्र धादिङमा आउने गरेको आँखा केन्द्रका नेत्रा अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो । यस्तो वेलामा दैनिक आँखामा स्वच्छ पानीले ४-५ पटक पखाल्न तामाङले अनुरोध गर्नुभयो ।