आईतबारदेखि ११ औ वाका कप फुटबल प्रतियोगिता सुरु भएको छ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वाका मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगीता अन्र्तरगत आईतबार पहिलो दिन आयोजक टिम छार वाका राहा युवा क्लब समूह र चौतारा समूह बि बिच भएको खेलमा छार वाका राहा यूवा क्लवले २–० गोल अन्तरले विजयी भएको छ ।

यस्तै पहरेचौतारा युवा क्लब र न्यु बेङरुङ युवा क्लब बिच भएको खेलमा पहरे चौतारा यूवा क्लब १–० गोल अन्तरले विजयी भएको छ । त्यस्तै आजै भएको अर्काे खेलमा डबजोङ संरक्षक युवा क्लब र भोक्टेनी युवा क्लव बिच भएको खेलमा डबजोङ संरक्षक युवा क्लव ४–२ गोल अन्तरले विजयी भएको छ । यस्तै सोमबार पनि ३ खेल हुने अध्यक्ष पदमबहादुर तामाङले जानकारी दिनुभयो ।

सोमबार ब्रादी यूवा क्लव र म्यागङ गाउँपालिका विच खेल हुनेछ । भने ब्रेङरुङ युवा क्लब समूह ए र समेजोङ युवा समाज समूह बि विच खेल हुनेछ । यस्तै अर्काे छार वाका राहा युवा क्लब समूह बी र माने युवा क्लव टिकादुङ विच खेल हुनेछ । छार वाका राहा युवा क्लबको अयोजनामा सञ्चालन भएको प्रतियोगीतामा २६ टिमको सहभागीता रहेको छ ।

ऐतिहासिक तथा पर्यटकीय स्थल वाका क्षेत्रको प्रचारप्रसार तथा खेलकुदप्रति युवाहरुलाई आकर्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने समुहलाई १ लाख ११ हजार १ सय ११,  र द्धितीय हुने समूहलाई ५५ हजार ५ सय ५५ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरि प्रतियोगीता आयोजना गर्न प्रशासनले अनुमति दिएपछि प्रतियोगीता सुरु भएको हो ।

Facebook Comments