उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ डुन्डुरेमा बुधबार दिउँसो १ बजे बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

धादिङवेशीबेशीबाट रुविभ्यालीतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्बरको बोलेरो आँफै अनियन्त्रि भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका वडा नम्बर ५ लापा बस्ने १४ वर्षिय अनिल तामाङ रहेको प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो । १३ जना सवार उक्त बोलेरोमा अन्य यात्रुको अवस्था भने सामान्य रहेको छ । बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments