दलित विद्यार्थीलाई निशुल्क शिक्षाको माग गर्दै संयुक्त दलित संघर्ष समितिले धादिङवेशींमा पञ्चेबाजा सहित विरोध ¥याली निकालेको छ । दलित संघर्ष समितीले विगत ४ दिनदेखी नगरपालिकामा धर्ना तथा विरोध कार्यक्रमहरु गरिरहेका छन् ।
१२ कक्षा सम्म निशुल्क शिक्षा, विकास निर्माणमा सम्मान जनक अधिकार सहित पिछडीएका दलित गरिब विपन्न वर्गलाइ राज्यले दिएको अधिकारको नीलकण्ठ माध्यामिक विद्यालय र नगरपालिकाले अझैसम्म पनि समन्वय र कार्यान्वयन नगरेको भन्दै विभिन्न विरोध कार्यक्रमहरु गर्दै आएका छन ।
विरोध ¥यालीमा दलित संघर्ष समिती धादिङका दीपक विश्वकर्मा, दलित नेता गोपाल विश्वकर्मा, दलित अगुवा यता बहादुर सुनार, रामबहादुर बसेल लगायत दलित अधिकारकर्मीहरुको सहभागीता रहेको थियो । शान्तीपूर्ण आन्दोलन र विरोधका कार्यक्रमबाट दलित विद्यार्थीका मागहरु सम्बोधन नभए धादिङका १३ ओटै स्थानिय तहमा बसोबास गर्ने सम्पूर्ण दलितहरु भेला गरि निलकण्ठ माध्यमिक विद्यालय र नगरपालिकाको कार्यालय घेराउ गर्ने दलित अगुवा एवं सुनचाँदी व्यवसायी संघ धादिङका गणेश बराईलीले जानकारी दिनुभयो ।
विरोध तथा धर्ना कार्यक्रमको लागि सुँन चाँदी व्यवसायी संघ धादिङ र टेलर संघ धादिङले आर्थिक सँगै आवश्यक सहयोग गर्दै आएको छ । गत फागुन महिनामा निलकण्ठ माध्यामिक विद्यालयमा दलित विद्यार्थी भर्ना शुल्कसम्बन्धी भएको विवादमा विद्यालय र विद्यार्थी बिच कुरा नमिलेपछि दलित विद्याार्थीहरुले विभिन्न आन्दोलन नै गरिरहेका छन् ।
दलित विद्यार्थीहरुलाई निशुल्क पढ्न दिनुपर्ने भन्दै गरेको माग विद्यालयले पुरा गर्र्न नसक्ने बताएपछि दलित विद्यार्थीहरु आन्दोलित भएका हुन् । सरकारले नै दलित विद्यार्थीहरुलाई माध्यामिक तहसम्मको शिक्षा निशुल्क गरेको अवस्थामा निशुल्क पढ्न पाउनुपर्ने दलित विद्यार्थीहरुको माग छ भने विद्यालयले नीजी स्रोतमा शिक्षक राखेर पढाउनुपर्ने अवस्था रहेको र नीलकण्ठ नगरपालिकाले नै दलित विद्यार्थीहरुलाई निशुल्क पढाउन व्यवस्था नगरेसम्म विद्यालयले केही गर्न नसक्ने बताउदै आएको छ ।
यता नगरपालिकाले पनि दलित विद्यार्थीहरुको समस्यामाथि केही सुनुवाइ नगरेपछि विद्यार्थीहरु झन् आन्दोलित बन्दै गएका छन् । विद्यार्थीहरुले यो भन्दा अघि पनि निलकण्ठ माध्यमिक विद्यालयमा प्रधानाध्यापकको कार्य कक्षमा धर्ना दिने, तालाबन्दी समेत गरेका थिए ।
फोटो फिचर

तस्विर : गणेश बराईलीको फेसबुकबाट