
व्यक्तित्व विकास नैतिक र चारित्रिक विकास सम्बन्धी ३ दिने तालिम धादिङवेशींमा सम्पन्न भएको छ । विश्व शान्ती तथा एकिकृत परिवार संघ (FFWPU) धादिङको आयोजनामा तालिम सञ्चालन भएको हो ।
तालिममा मानव जिम्मेवारी, स्वतन्त्रता, आत्मीक विकास र शान्ती शिक्षा लगायतका विषयमा धादिङ शाखाका प्रमुख दिपक सापकोटाले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा धादिङवेशीका विभिन्न विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुले तालिममा विद्यालयमा नसिकेको शिक्षा, ज्ञान आर्जन गरेको बताएका थिए ।
दैनिक जिवनमा आउने विभिन्न चुनौतीहरुको सामना लगायत समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा महत्वपूर्ण जानकारी पाएको भन्दै आगामी दिनमा तालिममा सिकेका सिप ज्ञानलाई आफ्नो व्यवहारिक जिवनमा लागू गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।