२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पहिलो चरण अन्तर्गत आज ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुदैँ,

पहिलो चरण अन्तर्गत आज ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुदैँ,
सेयर गर्नुहोस्
०सेयर

मंसिर १०, धादिङ ।
पहिलो चरण अन्तर्गत आज ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पु¥याइसकिएको र विहान ७ बजेदेखि मतदान सुरु हुने आयोगले जनाएको छ ।

आयोगले हरेक मतदान केन्द्रमा ९ देखि १२ जना कर्मचारी खटाएको छ । २ सय ५० जना मतदाता भएको केन्द्रमा ९ जना, ५ सय सम्म मतदाता भएको केन्द्रमा १० जना र ५ सय भन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको छ ।

त्यसैगरी प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरण चुनाव हुनेछ । प्रतिनिधिसभाका लागि नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा दुईदुई वटा निर्वाचन क्षेत्र रहेका छन् भने रसुवा, दोलखा र रामेछापमा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।