
मंसिर ९, धादिङ ।
धादिङ जिल्लाको अहिले सम्मको निर्वाचनको तयारी हेर्दा स्वच्छ र निस्पक्ष रुपमा निर्वाचन सम्पन्न हुनेमा आफु विस्वस्त रहेको निर्वाचन आयोगका आयुक्त इला शर्माले बताउनु भएको छ ।
निर्वाचन अनुगमनको क्रममा धादिङ आइपुग्नुभएका शर्माले पत्रकार सगं को छलफलमा यस्तो बताउनुभएको हो । पत्रकार सगको भेटघाट अघि सुरक्षा निकाय सगं भएको बैठकबाट धादिङको समग्र निर्वाचनको तयारी सन्तोषजनक रहेको उहाँले बताउनुभएको हो ।
सुरक्षा निकाय सगँको बैठकमा उठेका विषयबस्तुमा छलफल गर्दा केही निर्वाचन स्थलहरु सवेँधनशिल भएको जानकारी प्राप्त भएकोले त्यसप्रति सजक रहनपनि उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले यातायातको सहजता नभएको मतदान स्थलहरुबाट मतपेटिका ढुवानीको लागी मतपेटिका ढुवानी समेत बनाइएको बताउनुभयो । कतिपय मतपेटिका हेलीकप्टरबाट पनि लेराउनु पर्ने भएकाले निर्वाचन आयोगसगँ समन्वय गरिसकेको उहाँले बताउनु भयो । त्यसैगरी मतपेटिका ल्याउनको लागि गाडिहरुको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।