२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज बेलुकासम्म सबै मतपेटिका जिल्ला सदरमुकाम आइपुग्ने

आज बेलुकासम्म सबै मतपेटिका जिल्ला सदरमुकाम आइपुग्ने

मंसिर ११, धादिङ ।
मौसम सफा भए आज बेलुकासम्म सबै निर्वाचन केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम आईपुग्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

हेलिकप्टरबाट मतपेटिका ल्याउनु पर्ने भएकाले मत पेटिका जिल्ला सदरमुका ल्याउन समय लाग्ने भएको आयोगको भनाइ छ ।

अति पहाडी तथा हिमाली क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सीआईएनलाई जानकारी दिनुभयो । धेरै जिल्लाका मतपेटिका सदरमुकाम ल्याईसकेको बताउँदै प्रवक्ता ढकालले मतपेटिका ओसार्ने कार्य जारी रहेको जानकारी दिनुभयो । हिजो मंसिर १० गते हिमाली तथा उच्च पहाडी ३२ जिल्ला पहिलो चरण अन्तर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।