धादिङवेशींमा रहेको विलिभर्स ईस्टन चर्चले निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मा रहेको रघु माध्यमिक विद्यालयका छात्र तथा छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

चर्चको २८ औं वार्षिक उत्सव तथा नयाँ वर्षको अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको चर्चका पास्टर सन्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

कक्षा १ देखी १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई आज कपि, कलम, लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । वडा नम्बर ६ का वडा अध्यक्ष उद्धव प्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा शिक्षा संघका अध्यक्ष विष्णु प्रसाद अधिकारी, खनियावास गाउँपालिकाका प्रवक्ता जेम्स अनरत लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments