२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नयाँ बर्षको अवसरमा मैदि सातदोबाटोमा बृहत खुल्ला रक्तदान कार्यक्रम

नयाँ बर्षको अवसरमा मैदि सातदोबाटोमा  बृहत खुल्ला रक्तदान कार्यक्रम
सेयर गर्नुहोस्
०सेयर

४१ अ‍ौ पटक रक्तदान गर्नुहुने नेपाल रेडक्रस सोसाईटी मैदि उपशाखाका सचिव राजेन्द्र श्रेष्ठ (बायाँ ) र प्रमाण पत्र हस्तान्तरण गर्नुहुँदै धादिङ शाखाका सभापती नारायण तिमिल्सीना (दायाँ)

धादिङको ज्वालामुखी गाउपालिका वडा नम्बर २ मैदि सातदोबाटोमा नयाँ बर्ष २०७८ को अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको छ ।

स्वस्थिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी मैदि उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरीएको हो ।

रक्तदान कार्यक्रममा ६३ जना पुरुष र १६ जना महिला गरि जम्मा ७९ जनाले रगत दान गरेको नेपाल रेडक्रस सोसाइटी मैदि उपशाखाका सभापती राजन सिम्खडाले जानकारी दिनुभयो ।

यस्तै रक्तदान सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मैदि उपशाखाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा रगतदान गर्ने उपयुक्त उमेर, रगतदिनुका फाईदा लगायतका विषयमा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती नारायण तिमिल्सीना र मैदि उपशाखाका सचिव राजेन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।