मंसिर ११, धादिङ ।
धादिङका नव प्रतिभावान कलाकार नविन कोईरालाको आधुनिक गीत आज म एक्लो छु सार्वजनिक भएको छ । युट्युव च्यानल हाईलाईट्स मार्फत भिडियो सहित गीत सार्वजनिक गरिएको हो ।

सुगम दाहालको स्वर, संगीत रहेको गीतको शब्द नविन कोईरालाले लेख्नु भएको हो । प्रेमिकाले प्रेमीलाई एक्लो बनाएको भाव गीतले दर्शाउन खोजेको छ ।

इयोर्समिडिया डट विजका संकल्प मिश्रले निर्देशन गर्नुभएको भिडियोमा नविन कोईराला, सौगन प्रकाश श्रेष्ठ र सुष्मा न्यौपानेको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

Facebook Comments