हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ ।
कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
यसअघि भारतले पूर्वजानकारी नै नदिई नोटबन्दी गर्दा ठूलो परिमाणको भारतीय रुपैयाँ नेपालीले साट्न पाएका थिएनन् ।











