
धादिङ अस्पतालले अक्सिजन सहितको आईसोलेशन सञ्चालनमा ल्याएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा मंगलबारबाट धादिङ अस्पताल धादिङले ५० शैयाको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

अस्पतालले आवश्यक अक्सीजनको आवश्यकतालाई मध्यनजर राख्दै १९ ओटा खाली अक्सिजन भर्न पठाएको अस्पतालले जनाएको छ । ५३ वटा अक्सिजन सिलिण्डर र मध्ये १९ ओटा खाली सिलिण्डर अक्सिजन भर्न पठाएको हो । जिल्ला अस्पतालले ३ वटा भेन्टिलेटरको पनि व्यवस्था गरेको छ ।
२ ओटा आईसियूमा र एउटा आकस्मीक कक्षमा राखेर सेवा प्रवाह गरिने डा.झाले बताउनुभयो । तर अस्पतालमा भेन्टिलेटर चलाउने दक्ष जनशक्ति भने नभएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरीडेण्डेन्ट डा. त्रिभुवन चन्द्र झाले बताउनुभयो ।

अस्पतालमा भेन्टिलेटर चलाउने आवश्यक जनशक्ती परिपूर्तीका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको र केही दिन भित्रमा भेन्टिलेटर सहित स्वास्थ्य सेवा उपलब्ध हुने पनि डा. झाले बताउनुभयो । अस्पतालमा अहिले ६ जना मेडिकल अधिकृत र ३ जना विशेषज्ञ डा.बाट मात्र आवश्यकता अनुसार सेवा प्रवाह गर्ने बताउनुभयो ।