नेपाल पत्रकार महासंघ धादिङ शाखाको नवौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । गत चैत २५ गते भएको निर्वाचनमा विभिन्न पदमा निर्वाचित भएकाहरुले बुधबार पदभार ग्रहण गरेका हुन् ।

निवर्तमान समितिले आयोजना गरेको पद हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । यस्तै नव निर्वाचित पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेललाई धादिङ शाखाले सम्मान समेत गरेको छ ।

पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पोखरेलले पत्रकार महासंघ जहिल्यै पनि प्रेस अभिव्यक्ती स्वतन्त्रता रक्षा र श्रमजिवि पत्रकारहरुको हक हितका लागि क्रियाशिल रहने बताउनुभयो ।त्यसैगरि निर्वाचन समितिले जिल्ला अधिवशेनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई प्रमाण पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा सफलता पूर्वक कार्यकाल सम्पन्न गरेकोमा निवर्तमान कार्य समिति, निर्वाचन समिति र निर्वाचन कार्यमा सहयोग गर्ने कर्मचारीहरलाई पनि सम्मान गरिएको थियो । गत चैत्र २५ गते सम्पन्न महासंघको निर्वाचनबाट राजाराम शर्माको नेतृत्वमा १८ सदस्सिय जिल्ला कार्य समिति निर्वाचित भएको थियो । भने केन्द्रिय परिषद्मा ४ जना र प्रदेश परिषद्मा १० जना निर्वाचित भएका थिए ।

Facebook Comments