बाग्मती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । बुधबार नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री पौडेलले सामाजिक विकास राज्यमन्त्रीमा धादिङका सांसद डा. रामकुमार अधिकारीलाई जिम्मेवारी दिनुभएको छ ।

यस्तै नुवाकोटका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सिन्धुपाल्चोकका सरेस नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, दोलखाकी सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

गत पुस १० गते मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी नभएको र जनभावना अनुसार काम गर्न नसकेको भन्दै तत्कालीन नेकपाका ४५ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने सोही दिन तत्कालीन नेकपाका ३ जना मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका थिए ।

Facebook Comments