उत्तरी धादिङको खनियावास गाउँ पालिकामा रहेको श्र शिङगला देवी माध्यामिक विद्यालयमा आईतबार राती आगजनी भएको छ । आगलागीबाट विद्यालयको पुस्तकालय अफिस कोठा लगायतमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
अहिले सम्म हामीलाई विद्युत सर्ट भएर आगलागी भएको भन्ने जानकारी मात्रै प्राप्त भएको छ, प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले भन्नुभयो घटनाको थप अनुसन्धानको लागि दार्खा चौकीबाट प्रहरीको टोली घटनास्थल तर्फ जाँदै छ ।
सोही विद्यालयका एक जना शिक्षकले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भनेर खबर गरेको उहाँले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।