धादिङमा वैशाख २१ देखी ३१ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

आईतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)को वैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

धादिङमा पनि कोरोना संक्रमितको दर तिव्र रुपमा बढ्दै गएका कारण वैशाख २१ गते विहान ६ बजेदेखी ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा बसेको वैठकले यस्तो गरेको हो ।
यो समाचार तयार पार्दा सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २६४ छ । संक्रमित मध्ये १७२ जना जिल्ला भित्र र ९२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

DCCMC को निर्णय हेर्नुहोस्

Facebook Comments