
संयुक्त दलित संघर्ष समिति धादिङले विरोध तथा आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ ।
दलित विद्यार्थीहरुलाई निशुल्क शिक्षाको माग गर्दै संयुक्त दलित संघर्ष समिति विगत केही महिनादेखि आन्दोलनरत थियो । पछिल्लो समय कोरोना संक्रमणको बढ्दो अवस्थाका कारण समितिले विरोध तथा आन्दोलनका कार्यक्रमहरु स्थागित गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
समितिले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सेनिटाइजर, मास्क, साबुन जस्ता सामग्रीहरु वितरण गर्ने अभियान चलाउने र नगरपालिकासँग १२ बुदे माग र आगामी कार्यक्रमहरुबारे प्रचारप्रसार गर्ने कार्यसमेत अभियानको रुपमा गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।