२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा सोमबार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

धादिङमा सोमबार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

धादिङमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा १, धुनिबेसी नगरपालिकामा २, गल्छी गाउपालिकामा २ र नेत्रावती गाउपालिकमा ६ गरेर सोमबार जिल्ला भित्र ११ जना रहेका छन् भने जिल्ला बाहिरको पोजिटिभको संख्या १० रहेको छ । जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश २१६ र जिल्ला बाहिर ११० गरेर धादिङ्गको सक्रिय केश ३२६ जना पुगेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्क छ । संक्रमितमध्ये आज ६ जना निको भएर डिस्चार्ज भएका छन् ।

यस्तै जिल्ला भित्र होम आइसोलेसनमा बस्ने संख्या १९८, हस्पिटल आइसोलेसनमा १८ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १०५ र हस्पिटल आइसोलेसनमा ५ जना रहेका छन । आज गल्छी गाउपालिकामा १५ र जिल्ला अस्पतालमा १०० जना गरि धादिङ्ग जिल्ला भित्र जम्मा ११५ स्वाब संकलन भएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।