धादिङमा बुधबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा थाक्रे गाउपालिकाका ३ जना र गंगाजमुना गाउपालिकाका २ गरी बुधबार जिल्ला भित्र संक्रमितको संख्या ४ जना, जिल्ला बाहिरको संक्रमितको संख्या ३२ र पालिका नखुलेको २ जना गरी ३८ रहेको स्वास्थ्य कार्यालय धादिङका सिआइसिटि सहजकर्ता उन्नती महर्जनले जानकारी दिनुभयो । जिल्ला भित्र अहिले सम्म सक्रिय संक्रमीत ३ सय ३४ र जिल्ला बाहिर सक्रिय केश १ सय ५३ रहेको छ ।
यो संगै बुधबारसम्म जिल्लाको सक्रिय केश ४ सय ९६ पुगेको छ । जिल्ला भित्र होम आइसोलेसनमा ३ सय १६ र हस्पिटल आइसोलेसनमा २७ रहेका छन । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १ सय ४६ र हस्पिटल आइसोलेसनमा ७ जना रहेका छन । आज निलकण्ठ नगरपालिकामा ९५ र गल्छी गाउपालिकमा २४ गरि जम्मा १ सय १९ स्वाब संकलन भएको छ ।