२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालभर कोरोना संक्रमित ५८ जनाको मृत्यु

नेपालभर कोरोना संक्रमित ५८ जनाको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

२४ घण्टामा बुधबार नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । यो कोरोनाका कारण मृत्यु भएको हाल सम्मकै उच्च सङ्ख्या हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।