२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

‘गोल्डेन भ्वाइस’ प्रेमध्वज प्रधानकाे निधन

‘गोल्डेन भ्वाइस’ प्रेमध्वज प्रधानकाे निधन
सेयर गर्नुहोस्
०सेयर

नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले चिनिने गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानकाे निधन भएकाे छ । उहाँकाे काठमाण्डाैकाे सुन्धारामा रहेकाे न्युराे अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसाे निधन भएकाे हाे ।

बिहीवार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएकाे थियाे । दिउँसाे १:४५ बजे प्रधानलाई हृदयाघात भएकाे साहित्यकार तथा सर्जक प्रकाश सायमीले बताउनुभएकाे छ ।

सङ्गीतकार लक्ष्मण शेषले गायक प्रधानको अन्तिम श्रद्धाञ्जलीका लागि स्वास्थ्यका मापदण्ड अपनाएर अस्पतालमा उपस्थित भइदिन आग्रह गर्नुभएको छ ।

आफ्नो समयका निकै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ । उहाँका 'घुम्तीमा नआऊ है', 'तिमीलाई अचेल कहाँ देखुँ', 'गाेरेटाे याे गाउँकाे', 'पर लैजाऊ फूलहरू' लगायत गीत लाेकप्रिय छन् ।

विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चाेककाे चौतारामा प्रधानकाे जन्म भएकाे थियाे ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।