२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोनाका कारण धादिङको अधिकांश स्थानीय तहमा अत्यावश्यकीय बाहेक सबै सेवा बन्द

कोरोनाका कारण धादिङको अधिकांश स्थानीय तहमा अत्यावश्यकीय बाहेक सबै सेवा बन्द
सेयर गर्नुहोस्
०सेयर

धादिङको अधिकांश स्थानीय तहले पालिकाबाट प्रवाह हुने अत्यावश्यकीय बाहेक सबै सेवा बन्द गरेका छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको पालिका प्रमुखहरुले जानकारी दिएका छन् ।

विहिबार धादिङको गजुरी गाउँपालिकाले अत्यावश्यकिय सेवा वाहेका सबै सेवा बन्द गरेकोे छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण गजुरी गाउपालिकाका विभिन्न स्थानमा देखिएकोले अत्यावश्यकिय बाहेक कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरेको जनाएको छ । बिहिबार देखि लागु हुने गरी बैशाख ३१ गते सम्मका लागि अत्यावश्यकीय सेवा वाहेकका सबै सेवा बन्द गरेको हो ।

यस्तै दिनानु बढ्दै गरेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै धादिङमा अधिकांश पालिकाको कार्यालय बन्द रहेको छ । गजुरी गाउपालिकासँगै धादिङमा निलकण्ठ नगरपालिका, धुनिबेशी नगरपालिका, नेत्रावती डबजोङ गाउपालिका, खनियाबास, ज्वालामुखी, गंगाजमुना गाउपालिका लगायतले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । सबै स्थानीय तहहरुले स्थानीयहरुलाई यो महामारीको समयमा सुरक्षित भएर दैनिक जिवनयापन गर्न आग्रह समेत गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।