२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार महासंघ धादिङले आफ्नै भवनमा आईशोलेसन निर्माण गर्ने

पत्रकार महासंघ धादिङले आफ्नै भवनमा आईशोलेसन निर्माण गर्ने
सेयर गर्नुहोस्
०सेयर

पत्रकार महासंघ धादिङ शाखाले २ बेड सहितको आईशोलेसन तयार गर्ने भएको छ । कोरोना भाईरस संक्रमणको दर बढ्दै गएपछि पत्रकार महासंघले आफ्ने भवनमा आईशोलेसन निर्माण गर्न लागेको हो ।

फ्रन्टलाईनमा रहेर रिपोर्टिङमा खटिने पत्रकारहरुलाई पनि कोरोना संक्रमणको उच्च जोखीममा रहेको भन्दै धादिङ शाखाले यस्तो निर्णय गरेको अध्यक्ष राजाराम शर्माले बताउनुभयो । विहिबार बसेको बैठकले आवश्यकता अनुसार पछि थप गर्दै जानेगरि तत्काल २ बेडको आईशोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।

गोरखापत्र जिल्ला संवाददाता पत्रकार डा.मुरारी अधिकारीमा पनि कोरोना संक्रमण देखिसकेकाले अन्य पत्रकारमा पनि संक्रमण हुने जोखीमलाई मध्यनजर राख्दै आईशोलेसन निर्माण गर्ने भएको हो । पत्रकार अधिकारीको अवस्था सामान्य रहेको छ । उहाँ होम आईशोलेसनमा हुनुहुन्छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।