२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पतालका ४० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आईशोलेसनमा जनशक्तीको अभाव

धादिङ अस्पतालका ४० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आईशोलेसनमा जनशक्तीको अभाव
सेयर गर्नुहोस्
०सेयर

धादिङ अस्पतालले निर्माण गरेको आईशोलेसनमा १ जना मात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेको छ । डा.सविन भण्डारीको नेतृत्वमा कोरोना संक्रमितको उपचार भईरहेको छ ।

अस्पतालका ४० जना स्वास्थ्यकर्मीमा कोभिड १९ को संक्रमण पुष्टी भएपछि अस्थायी कोभिड–१९ अस्पतालमा १ जना चिकित्सक बाहेक सबै कोभिड–१९ संक्रमित स्वास्थ्यकर्मी कर्मचारीहरुले सेवा दिनुपरिरहेको बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

कोभिड–१९ संक्रमित बिरामीहरुको उपचार गर्ने मात्र नभएर दैनिक १५ ओटा सम्म अक्सिजन सिलिन्डर ३ तले आईसोलेसन भवनको सबै कोठामा बोकेर पुर्याउनु परिरहेको अवस्था छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।