धादिङको धुनिवेशी नगरपालिकाले आईतरबारदेखी स्वाव संकलन गर्न सुरु गरेको छ । नगरपालिकाको छत्रेदेउराली स्वास्थ्य चौकी, जीवनपुर स्वास्थ्य चौकी र नौविसे स्वास्थ्य चौकीमा स्वाव संकलन गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर १ र २ मा गएर आईतरबार १३ जनाको स्वाव संकलन गरेको नगरपालिकाका प्रमुख वालकृष्ण आचार्याले जानकारी दिनुभयो । कोभिड–१९ को शंका लागेका नागरिकहरुले आफुलाई पायक पर्ने स्वास्थ्य चौकीमा गई स्वाव संकलन गर्न सकिने नगर प्रमुख आचार्यको भनाई छ ।

यस्तै धुनीबेशी नगरपालिकाले अक्सिजनसहित २० बेडको अस्थायी कोभिड–१९ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा न ७ अमरेचौरस्थित मछिन्द्र बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

अहिले आईसोलेसनमा एक जना कोरोना संक्रमित विरामीको उपचार भईरहेको पनि नगर प्रमुख आचार्यले बताउनुभयो । आईसोलेसनमा दैनिक एक जना डाक्टर र २ जना स्टाफ नर्सबाट विरामीलाई सेवा प्रवाह भईरहेको पनि उहाँले बताउनुभयो ।

Facebook Comments