
धादिङका १ सय २९ जनामा आईतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाका ६ जना, गजुरी गाउपालिकाका १० जना, बेनिघाट रोराङ गाउपालिकाका ६१ जना, ज्वालामुखी गाउपालिकाका ४४ जना र थाक्रे गाउपालिकाका १ जना गरि जिल्ला भित्र १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
आईतबार जिल्ला बाहिर ७ जनामा पोजिटिभ केश देखिएको छ । आज डिस्चार्ज हुनेको संख्या ३५ रहेको छ । योसगँै जिल्ला भित्र ९ सय ५७ र जिल्ला बाहिर १ सय २७ गरी जिल्लाको सक्रिय केश १ हजार ८४ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १७, संस्थागत आइसोलेसन धुनिबेसिमा १, गल्छीमा ७, बेनिघाटमा १, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा ४, गजुरीमा ६ रहेका छन् ।
भने होम आइसोलेसनमा रहनेको संख्या ९ सय १८ रहेको छ । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ११ र होम आइसोलेसनमा १ सय १६ रहेका छन् । त्यसैगरी आईतबार नेत्रवति डबजोङ गाउपालिकामा १ सय ३५ र रुबिभ्यालि गाउपालिकामा १ सय ६ गरी २ सय ४१ जनाको स्वाब संकलन गरेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।