धादिङमा शनिबार ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै धादिङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

ज्यान गुमाउनेमा निलकण्ठ नगरपालिकाका ८६ बर्षीय महिला र धुनिबेसि नगरपालिकाका ६३ र ७३ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै शनिबार धादिङमा थप १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ४८, धुनिबेसी नगरपालिकामा ४५, गल्छी गाउपालिकामा १, गजुरी गाउपालिकामा १९, गंगाजमुना गाउपालिकामा १३, थाक्रे गाउपालिकामा ९ र धादिङ्ग अस्पतालमा ३३ गरेर शनिबार जिल्लामा १६८ जनामा पोजिटिभ केश देखिएको छ ।

योसँगै जिल्ला भित्र ८५७ र जिल्ला बाहिर १३३ गरेर धादिङ्गको सक्रिय संक्रमित ९९० पुगेको छ ।  जिल्ला भित्र हस्पिटल आइसोलेसनमा बस्ने १६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा २८ जना रहेका छन्।

जिल्ला भित्र होम आइसोलेसनमा ८१३ जना रहेका छन् भने जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ रहेका छन् । यस्तै शनिबार ३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

Facebook Comments