कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि धादिङ जिल्लामा अहिले निषेधाज्ञ जारी छ । जिल्लामा कोरोना संक्रमणको दर उच्च भएको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लागू गरेको हो ।

वैशाख २१ गतेदेखी ३१ गते सम्म लगू गरिएको निषेधाज्ञा पुन थप गरि जेठ १५ गते सम्म लागू गरिएको छ । जिल्लामा लागू गरिएको निषेधाज्ञा खुकुलो भएको भन्दै स्थानियले गुनासो गर्ने गरेका छन् । विकास निर्माण घर निर्माणका काममा खटिएका मजदुरहरु कोरोनाको उच्च जोखीममा रहेको उनिहरुले बताएका छन् ।

निषेधाज्ञाकै विच घर निर्माण तथा विकास निर्माणका काम निरन्तर रुपमा चलिरहेका छन् । ठुला–ठुला विकास निर्माणका योजनाहरुले आफ्ना कामदारहरुमा स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरेको भएपनि घर निर्माणमा प्रयोग भएका मजदुरहरु खुलेआम काम गरिरहेको भेटिन्छन् । रोग भन्दा पनि भोगको चिन्ता छ काम त गर्न प¥योनी भन्नुहुन्छ,शान्त बजार स्थित एक घर निर्माण गर्दै आउनुभएकानिलकण्ठ –३, का इन्द्र खाँड ।

सिद्धलक–५ का सुरेश कुमार श्रेष्ठलाई पनि कोरोना भाईरसदेखी डर नलागेको होईन तर बाध्यताले काम गरिरहनु भएको छ । घर भित्र बसेर खानलाई सरकारले केहि दिँदैन, विहान वेलुकी छाक टार्नै भएपनि ज्याला मजुदरी गर्न परिरहेको श्रेष्ठको भनाई छ ।

 

निषेधाज्ञाका कारण धेरै बेरोजगार बनेका छन् । बेरोजगार भएर घरमा बस्नु भन्दा केही आम्दानी हुने भएपछि काम गरिरहेको मजदुरहरुले बताउने गरेका छन् । कोरोना भाईरसले मरेर जाने त जालान् बाच्नले त खान प¥योनी भन्नुहुन्छ, निलकण्ठ नगरपालिका–४ का मिलन शाही ।

जिल्लामा लागू गरिएको निषेधाज्ञामा स्थानिय प्रशासनले कडाई गर्न नसक्दा कोरोना जोखीम अझ बढ्न सक्ने धादिङका शिक्षाविद् एवं साहित्यकार बद्रि प्रसाद दाहाल बताउनुहुन्छ । विशेषगरि मजदुर वर्ग जोखीममा परेकाले उनिहरुको सुरक्षाको लागि स्थानिय सरकार जवाफदेही हुनुपर्ने दाहाल बताउनुहुन्छ ।

 

विकास निर्माण लगायतका कामहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम भईरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल बताउनुहुन्छ । यदि घर निर्माण लगायत अन्य कामहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाईएको पाईए त्यस्ता कामहरु रोक्न सकिने बताउनुभयो ।

निषेधाज्ञाका कारण सबै भन्दा बढि समस्यामा मजदुरी गरेर गुजारा चलाईरहेका मजदुर वर्ग छन् । कोरोना कहरमा सरकारले यस्ता मजदुरहरुलाई वर्गलाई उचित राहतको व्यवस्थापन गर्न नसक्दा उनिहरु जोखीम मोलेरै काम गर्न बाध्य छन् ।

Facebook Comments