धादिङमा जारी निषेधाज्ञा जेठ २२ गते सम्म हुने भएको छ । आज बसेको जिल्लाको कोभिड व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । धादिङमा वैशाख २१ गतदेखी लागू गरिएको निषेधाज्ञा विचमा थप हुँदै आगामाी जेठ २२ गते राती १२ बजे सम्म लम्बीने भएको हो ।
यस्तै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ बमोजिम निषेधाज्ञाको समयमा काम गर्न वाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । यस्तै वैठकले मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुने, कुनै व्यक्तिले उलंघन गरेमा १ लाखसम्म र संस्थाले गरेमा ५ लाखसम्म जरिवाना हुने निर्णय गरेको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एकसय रुपैयाँ, मानिसको आवतजावतमा रोक लगाएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उलंघन गर्नेलाई पटकैपिच्छे दुईसय रुपैयाँ जरिवाना लगाउने भएको छ ।
वैठकले सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा विरामी ओसारपसार गर्ने अवस्था बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे २ पांग्रे सवारी साधन भए २ हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँचहजार रुपैयाँ जरिवाना हुने भएको छ । तथा यस अनुसारका सवारी साधन सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा लिनेछ ।
निषेधाज्ञाको अवधीभर सुर्ति, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र विक्रि वितरण गर्न रोक लगाउने, अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतवारदेखि विहिवारसम्म विहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म, शुक्रवार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोशाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने, जिल्ला भित्रका बैंक तथा वित्तिय संस्थाहरु आलोपालो प्रणाली अनुसार न्युनतम कर्मचारी खटिइ, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी गराई हप्ताको बढिमा २ दिन मात्र खोल्ने निर्णय भएको छ। यस्तै बागमती प्रदेश सरकार मार्फत स्वास्थ्य कार्यालयमा उपलव्ध ४ हजार एन्टिजेन किट आवश्यकता र औचित्यका आधारमा स्थानीय तहलाई वितरण गर्ने, थप किट ल्याउन पहल गर्ने निर्णय समेत भएको छ ।
जिल्ला कोभिट व्यवस्थापन समितिको निर्णय हेर्नुहास् :
