
नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले अस्थायी कोभिड–१९ अस्पताल, धादिङलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धादिङ अस्पतालद्धारा सञ्चालीत अस्थायी कोभिड–१९ अस्पताल धादिङलाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाको उपस्तिथिमा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति नारायण तिमिल्सिनाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति नारायण तिमिल्सिनाले कोभिड सङ्ग लड्न अस्पताल सङ्ग हातेमालो गरेर अगाडि बढ्न सधै तयार रहेको र अन्य निकायलाई समेत यो बिसम परिस्थितिमा अस्पताललाई सहयोग गर्न आफुले पहल गर्ने बताउनुभयो ।
अस्थायी कोभिड–१९ अस्पताल, स्वास्थ्यकर्मी र बिरामीहरुको सुरक्षा व्यवस्थालाई प्रभाबकारी बनाई कोभिड संक्रमण थप फैलने सम्भावनालाई न्युन गर्न नेपाल प्रहरीको आलवा नेपाली सेना र सशस्त्र प्रहरी बलले समेत आईसोलेसमा तत्काल सुरक्षा प्रदान गर्नुपर्ने अस्पतालका मेडिकल सुपरिट्न्डेन्ट डा. त्रिभुवन चन्द्र झाले बताउनुभयो । कार्यक्रममा अध्यक्ष महेन्द्र धमलाले कोभिड–१९ को नियन्त्रणमा रेडक्रसले नेपालभरी नै खेलेको भुमिकाको प्रशंसा गर्नुभएको छ ।
सहयोग सामाग्री निम्न छन् :-
१.अस्पतालको २० ओटा अक्सिजन सिलिन्डर काठमाडौबाट भरेर ल्याउन गाडी भाडा सहित सहयोग (रु. २० हजार बराबर रकमको सहयोग ) २.अक्सिजन कन्सनटेटर ( ५ लि.)- १ थान
३.मेडिकल सर्जिकल मास्क (उच्च गुणस्तर )-१००० पिस
४. एननाईटी फाईभ मास्क-१०० पिस
५. पिपिई- ४ पिस
६. कम्बल-२० थान
७.अटोमेटिजक स्प्रे मेसिन-१ ओटा
८. क्लोरिन-५ लिटर
९.स्यानीटाईजर-५ लिटर
१०. ह्यण्ड स्यानिटाईजर (१०० एम. एल.)-९ ओटा
११. डिटोल साबुन-६० पिस
१२.बाल्टी-१० थान
१३. जग-१० थान
१४.व्यक्तिगत सरसफाइ सामाग्री ( ब्रस, मन्जन, साबुनहरु,टावेल)-२५ थान
१५.डेड बडी (शव ब्याग)-५ थान