धादिङमा ८३ जनामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने ८३ जना नै जिल्लाभित्र रहेका छन् ।

जसमा निलकण्ठ नगरपालिकाका ५६ जना, गंगाजमुना गाउपालिकाका १६ जना, थाक्रे गाउपालिकाका ५ जना र त्रिपुरासुन्दरी गाउपालिकाका ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसगैँ जिल्ला भित्र १ हजार ३ सय ६ र जिल्ला बाहिर १ सय ७० गरी जिल्लाको सक्रिय संक्रमीतको संख्या १ हजार ४ सय ७६ पुगेको छ ।

संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ९ जना, संस्थागत आइसोलेसनमा २७ जना र होम आइसोलेसनमा १ हजार २ सय ७० रहेका छन् । जिल्ला बाहिर हस्पिटल आसोलेसनमा ३० र होम आइसोलेसनमा १ सय ४० रहेका छन् । त्यसैगरी आज सिद्धलेक गाउपालिकाका ९५ बर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

योसंगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । त्यस्तै शनिबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । शनिबार १ सय १४ जनाको स्वाब संकलन गरीएको छ । आज एन्टीजेन परिक्षण गरीएका २८ जनामध्ये ११ जना कोरोना भाइरस संक्रमण पुष्टि भएके स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments