२५ जेठ,२०७८

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १७ जना प्रदेश सांसदले पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गरेको छ । फ्लोर क्रस गर्ने सबै सांसद माधव नेपाल पक्षको रहेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेपछि भट्टले विश्वासको प्राप्त गरेको हो । कुल ५१ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत र विपक्षमा ९ मत आएको थियो । भने १२ जना सांसद रहेको नेपाली कांग्रेसले मतदानमा भाग नलिइ तटष्थ बसेको थियो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादीका २ जनाले भने मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मत हालेको थियो ।

 

Facebook Comments