
धादिङमा मंगलबार थप १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा गजुरी गाउँपालिकाका ३ जना, गंगाजमुनाका ८ र धादिङ्ग हस्पिटलमा ४ गरि १५ जनमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्ला भित्र ११ सय ३४ र जिल्ला बाहिर १ सय ५५ गरि कोरोना संक्रमितको संख्या १२ सय ८९ पुगेको छ ।
यस्तै मंगलबार १ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १४, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा १ हजार ९१ रहेका छन् ।
त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १२६ रहेका छन् । २१ एनटीजेन परिक्षण मध्ये १२ पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।