२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन सुरु

कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन सुरु
सेयर गर्नुहोस्
०सेयर

सरकारले मंगलबारबाट ६२ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई नोबेल कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ ।

मंगलबार धादिङमा पनि ५३ वटा खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइएको छ । धादिङ जिल्लाभित्र ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ५ हजार १ सय ७० जनालाई लक्षित गरि मंगलबारएकैपटक सबै स्थानीय तहका ५३ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार कार्यालयमा ६ वटा पालिकाहरुमा लगाइएको खोपको जानकारी प्राप्त भएको र त्यसमा १३ सय ४६ जनाले खोप लगाएका छन् । अन्य ७ वटा पालिकाबाट कति जनालाई खोप लगाइएयो त्यसको जानकारी आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङका उन्नती महर्जनले जानकारी दिनुभयो ।

केही खोप केन्द्रहरुमा खोप लगाउने व्यक्ति धेरै भएपछि साँझसम्म पनि खोप कार्यक्रम चलिरहेकोले तथ्याङ्क आउन बाँकी रहेको महर्जनले बताउनुभयो । आज पहिलो चरणको भेरोसेल खोप लगाएकाहरुलाई २८ दिनपछि दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।