२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा २ दिनको विचमा ५ जनालाई खोलाले बेपत्ता बनायो

धादिङमा २ दिनको विचमा ५ जनालाई खोलाले बेपत्ता बनायो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा २ दिनको विचमा ५ जना युवालाई खोलाले बेपत्ता बनाएको छ ।

बुधबार पनि आँखु खोलामा पौडी खेल्ने क्रममा एक जना युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बुधबार बिहान साढे ९ बजेको समयमा साथीहरु सँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका श्रेष्ठ पौडी खेल्ने क्रममा आँखुखोलाले बगाएर वेपत्ता बनाएकोे हो ।

बेपत्ता श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट फुटबल खेल्दै आएका थिए । यस्तै मंगलबार मात्रै ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ३ जना युवाहरु बेपत्ता भएका छन् । बेपत्ता युवाहरु अझै सम्म पनि भेटिएको छैन ।

उनिहरुको खोजीकार्य चलिरहेको छ । मलामी गएका उनिहरु नुहाउने क्रममा बेपत्ता भएका थिए । यस्तै गजुरी स्थित त्रिशुलीमा बेपत्ता भएका १ जनाको पनि खोजी कार्य चलिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।